भारतमा काेराेना संक्रमण दर घट्याे

1.5K
shares

एजेन्सी।भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ। काेरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो।

हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको छ।

त्यसैगरी भारतनमा कोरोना सङ्क्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ।

गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना सङ्क्रमित कोरोना मुक्त भएका छन्।

यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना कोरोना मुक्त भएका छन्। हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन्।

भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ।

civil hospital
Hams Hospitals