भारतमा ६६ दिन यता कै‌ कम संक्रमित

1.2K
shares

भारतमा पछिल्लो २४ घण्टामा काेराेना भाइरस (कोभिड-१९) संक्रमण ६६ दिनयताकै कम देखिएकाे छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो।

भारतमा ६३ दिनपछि १ लाखभन्दा कम जनामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८२ हजार २ सय ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै भारतमा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७३ लाख ४१ लख ४ सय ६२ पुगेको छ।

त्यहाँ हालसम्म २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ। भारतमा हाल १३ लाख ३ हजार ७ सय २ जना सक्रिय संक्रमित छन्।

civil hospital
Hams Hospitals