भारतमा क्रमिक रुपमा काेराेना संक्रमितकाे संख्यामा कमी

1K
shares

एजेन्सी । भारतमा लगातार दोस्रो दिन एक लाख भन्दा कम नयाँ कोरोना संक्रमित फेला परेका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९२ हजार ५९६ नयाँ संक्रमित फेला परेका छन्। यस्तै १ लाख ६२ हजार ६६४ जना संक्रमणमुक्त भएका छन्।

२४ घण्टाको अवधिमा २ हजार २१९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

अघिल्लो दिन भारतमा ८६ हजार ४९८ नयाँ संक्रमित फेला परेका थिए । दुई हजार १२३ संक्रमितको मृत्यु भएको थियो। यस्तै १ लाख ८२ हजार २ सय ८२ जना संक्रमणमुक्त भएका थिए।

अहिलेसम्म भारतमा २ करोड ९० लाख ८९ हजारभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये २ करोड ७५ लाख ४ हजारभन्दा बढी निको भएका छन्।

हालसम्म संक्रमणका कारण ३ लाख ५३ हजार ५ सय २८ जना भारतीयले ज्यान गुमाएको सरकारी तथ्यांक छ। अहिले भारतमा १२ लाख ३१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।

भारतले आफ्ना २३ करोड ९० लाख ५८ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।

civil hospital
Hams Hospitals