अफगानिस्तानमा बन्दुकधारीले गाेली चलाउँदा १० जनाको मृत्यु
वि.सं.२०७८ जेठ २७ बिहीवार
1.9K
shares
shares
Photo By: An Afghan security personnel stand guard after an attack in Kabul, Afghanistan, Friday, March 6, 2020. Gunmen in Kabul attacked a remembrance ceremony for a minority Shiite leader on Friday, wounding several people, officials said. (AP Photo/Tamana Sarwary)
एजेन्सी । अफगानिस्तानमा बन्दुकधारीले १० जनाको गोली हानी हत्या गरेका छन् ।
उत्तरी अफगानिस्तानको बगलानमा उनीहरुको हत्या भएको हो । घटनामा एक दर्जनभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
अफगानी अधिकारीहरुले तालिवानीलाई आरोप लगाए पनि इस्लामिक स्टेट (आइएस) ले सो घटनाको जिम्मेवारी लिएको बताइएको छ ।
अफगानिस्तानमा गत मे १ देखि अमेरिकी सेना फिर्ता भएसँगै हिंसाका घटनाहरु फेरि बढ्न थालेका छन् ।
अफगान सरकार र विद्रोही तालिवानबीच शान्ति वार्ता अघि बढ्न नसकिरहेका बेला अमेरिकी सेनाको बर्हिगमनसँगै हिंसाका घटनाहरु बढ्न थालेपछि सरकारी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
बन्दुकधारीले स्थानीय अल्पसंख्यक समुदाय हजारामाथि आक्रमण गरेको बताइएको छ । उनीहरुले आईएस, तालिवानी समूहको अपहरण र हत्याको सामना गर्दै आएका छन् ।






























