पर्यटन उद्योगको पुनरुत्थानका लागि प्रधानमन्त्री देउवा समक्ष संयुक्त सुझाव
वि.सं.२०७८ साउन १६ शनिवार
shares
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ५५औं प्रधानमन्त्री पदमा नियुक्त हुनु भएकोमा हामी पर्यटनसँग सम्बद्ध संघ संस्थाको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीज्यूको कार्यकाल देशको सामाजिक, आर्थिक एवं राजनैतिक रुपले सबल, सक्षम र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
देशको आर्थिक मेरुदण्डको रुपमा समेत स्थापित भई कुल गार्हस्थ्य उत्पानमा उल्लेखनीय योगदान रहेको पर्यटन उद्योग नाकाबन्दी, भूकम्प जस्ता विभिन्न आरोह–अवरोह पार गर्दै लयतर्फ फर्कन लागेको घडीमा पुनः कोभिड–१९ को महामारीबाट अतिप्रभावित भई संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत नै छ । झन यस संकटले निम्त्याएको अन्योलता र अनिश्चितता संगै अहिले भोगिरहेको दोस्रो लहरको कोभिड संक्रमणबाट पर्यटन उद्योग जीवन मरणको दोसाँधमा रहेको जानकारी गराउन चाहन्छौं ।
झण्डै ६ दशकको इतिहास बोकेको पर्यटनसँग सम्बद्ध संघ संस्थाहरुले आ–आफ्नो क्षेत्रगत पर्यटनको प्रवर्धन, विकास र बिस्तारमा निरन्तर रुपमा महत्वपूर्ण एवम् जिम्मेवार भूमिका निर्वाह गर्दै आइरहेका छन । पर्यटनसँग सम्बन्धित समस्याहरु संघ संस्थाहरुले आ–आफ्नो तर्फबाट छुट्टा–छुट्टै भेटघाट गरी सुझावहरु प्रस्तुत गर्ने परिपाटीले नेपाल सरकारलाई कार्यान्वयमा अलमलता ल्याउने भएको हुँदा यस परिपाटीको अन्त्य गरी आज हामी संयुक्त रुपमा उपस्थित भएका छौं ।
यस सन्दर्भमा, पर्यटन क्षेत्रको सम्वर्द्धन, संरक्षण र वचाउका लागि राज्यको अहम भूमिका एवम् दायित्व रहने भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूबाट अभिभावकत्व ग्रहण गरी पर्यटन उद्योगको तत्काल तथा दीर्घकालिन रुपमा सम्वर्द्धन, संरक्षण र दिगो बिकासका लागि संयुक्त साझा सुझावहरु संलग्न बमोजिम प्रस्तुत गरेका छौँ ।
‘पर्यटनका लागि एक स्वर’
काेभिड-१९ को महामारीबाट अतिप्रभावित पर्यटन उद्योगको पुनरुत्थानका लागि पर्यटनसँग सम्बद्ध मुख्य संघहरूबाट प्रेषित संयुक्त सुझावः
पर्यटन एक बहुआयामिक उद्योग हो जसले राज्यका सम्पूर्ण निकायहरु, उद्योग/ व्यापार–व्यवसायहरु तथा सबै प्रकारका जनशक्तिहरुसंग प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा अन्तरसम्बन्ध कायम गरी सबैका लागि आर्थिक लगायत बहुमुखी लाभ प्रदान गराउने कुरामा कुनै दुई मत छैन । एउटा पर्यटकको आगमनले फरक–फरक दक्षता र क्षेक्रका १२ जना जनशत्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने यथार्थता विद्यमान भए तापनि सरकारद्वारा पर्यटन क्षेत्रलाई साँघुरो दायराबाट बुझिनु तथा अतिकम प्राथमिकताको उद्योगको रुपमा हेरिनु र पर्यटन सम्बद्ध छाता संगठनहरुले पर्यटन क्षेत्रको हक–हीत र दीगो बिकासका लागि उठाइएका माग एवम् सुझावहरु पटक–पटक यथोचित सम्बोधन नहुनु हाम्रा लागि एक दुर्भाग्य एवम् विडम्बनाको बिषय बनेको छ ।
कोभिड–१९ को महामारीले अत्यन्तै प्रभावित तथा शिथिल बनेको पर्यटन उद्योगको वर्तमान अवस्थामा हामी कसरी संघर्ष गरिरहेका छौं। त्यो सबैलाई विदितै छ, र यस संकटले निम्त्याएको अन्योलता र अनिश्चितताका कारण कतिपय व्यवसाय सदाका लागि बन्द हुने, दक्षजनशक्तिहरु पलायन हुने र समयमै पर्यटनको बचाउका लागि आवस्यक कदमहरु अघि नसारे पर्यटन पुनरुत्थान निकै जटील बन्ने प्रमुख चिन्ता विद्यमान रहेको छ ।
विश्वका कतिपय देशहरुमा स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिई सरकार तथा निजी क्षेत्रको समन्वय र सहकार्यद्वारा नियमित पर्यटकीय क्रियाकलापहरु हुन थालेको अवस्थामा नेपाली पर्यटन क्षेत्र भने फरक फरक सरकारी निकायका भिन्न भिन्न निर्णयका कारण अन्योलग्रस्त अवस्थामा गुज्रिरहेको छ।
वाह्य विश्वका अन्य मुलुकहरुद्धारा पर्यटन जोगाउन र पुनरुत्थानका लागि भइरहेको सफल अभ्यासहरुको अध्ययनद्धारा निर्मित एकीकृत राष्ट्रिय योजना तथा कार्यक्रम नेपाल सरकारबाट प्रस्तावित आर्थिक स्वेतपत्रमा समावेश भई युद्धस्तरमा कार्यान्वयन हुन जरुरी छ ।
यसैगरी कोभिड–१९ का लहरहरुको पुनरावृत्ति भए सोही बमोजिमका रणनीति र कार्यनीति तर्जुमा तथा कार्यान्वयन गर्ने सम्बन्धमा पर्यटन उद्योगलाई पूर्व जानकारी हुनुपर्दछ भनी माग गर्दै कोभिड–१९ संकटले सृजित अवरोध र चुनौतीलाई पर्यटनको दिगो बिकास एवम् समसामयिक रूपान्तरणका लागि अवसरको रुपमा आत्मसाथ गरी अन्तर्राष्ट्रिय रूपमा नेपाल सम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्न सबै निकायहरुको प्रभावकारी उपस्थितिका साथ अल्पकालिन तथा दीर्घकालिन रुपमा पर्यटन उद्योगको सम्वर्द्धन, संरक्षण, अस्तित्व रक्षा र दिगो बिकासका लागि निम्नानुसार तीन वटा पक्षहरुमा संयुक्त साझा माग एवम् सुझावहरु प्रस्तुत गरेका छौं ।
(क) पर्यटन क्षेत्र पुनःसुचारु तथा पुनरुत्थानका लागि तत्काल अनुमोदन गरिनुपर्ने आधारभूत मागहरु ।
(ख) पर्यटन व्यवसायी तथा मजदुरहरुको अस्तित्व रक्षा ९क्गचखष्खब०ि का लागि आवस्यक मागहरु ।
(ग) पर्यटनक्षेत्रलाई सुव्यवस्थित, सुदृढ र दिगो एवम् जिम्मेवार रुपमा बिकास गर्न आवस्यक पहलहरु ।
(घ) पर्यटन क्षेत्र पुनःसुचारु तथा पुनरुत्थानका लागि तत्काल अनुमोदन गरिनुपर्ने आधारभूत मागहरु ।
१) देशभरी पर्यटकीय गन्तव्यहरुमा अग्रपंक्तिमा रही खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी तथा सम्बन्धित क्षेत्रका कामदार, कर्मचारीहरुलाई एवम् सरोकारवालाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था यथासिघ्र (३० दिनभित्र) हुनुपर्ने ।
२) कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टिन बस्न नपर्ने तथा पीसीआर टेष्टको व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश केन्द्रमा गरी पोजिटिभले मात्र क्वारेन्टिन बस्न पर्ने व्यवस्था गर्ने ।
पर्यटकहरु गन्तव्यमा दृश्यावलोकन तथा विविध पर्यटकीय गतिबिधीहरु गर्नका लागि यात्रा गर्छन् । नेपालमा पर्यटकहरुको बसाईको औसत लम्बाई १२–१३ दिन हो भने बढीजसो छोटो दूरीको यात्रा मार्फत भित्रिने पर्यटकहरुको औसत बसाई ८ दिन रहेको पाइन्छ । यस परिवेशमा, पर्यटकहरुलाई विद्धमान नियम जस्तो क्वारेन्टिन राख्नु पर्यटनका लागि उचित निर्णय होईन । यस व्यवस्थाले विश्व पर्यटन स्रोत बजारहरुमा नेपाल पर्यटन सुचारुका लागि तत्पर, तयार एवम् खुला रहेको सकारात्मक संदेश प्रवाह गर्नुका साथै नेपाल भ्रमणका लागि इच्छुक पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्नेछ ।
३) नेपालको सबै स्रोत बजारहरु (पर्यटक बस्ने देशहरू/शहरहरू) मा भिसा जारी गर्ने निकायहरु नरहेकाले पर्यटकहरुको यात्रा सहजीकरण र नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाईन भिसा (ई–भिजा) सेवा प्रणाली मार्फत सहजरुपमा “भिसा अन–अराइभल” व्यवस्था लागु गरिनुपर्ने ।
५) स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन संयन्त्रको व्यवस्था गरिनुपर्ने ।
नेपाल सरकारले पर्यटन सुरु गर्न ल्याएका प्रोटोकलहरुको व्यावहारिक तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ । पर्यटन क्षेक्रमा आबद्ध जनशत्तिहरूको सिप तथा क्षमता अभिवृद्धि गराउनु अहिलेको प्रमुख प्राथमिकता हो । दक्ष तथा सबल जनशक्तिले मात्र नयाँ सामान्य परिस्थितिको पर्यटन सेवा सुरु गर्न सक्ने आधार एवं सुनिश्चितता तयार गर्नेछ । स्वास्थ्य स्वच्छता र सुरक्षा प्रोटोकोलहरूको अनुगमन गर्न संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक र निजी क्षेत्रको प्रतिनिधित्व सहित अनुगमन संयन्त्र बनाउन आवस्यक छ । यस संयन्त्रले आगन्तुकहरूको विश्वास बढाउन र महामारीको प्रसारलाई नियन्त्रण गर्न मद्दत गर्नेछ ।
४) सीसीएमसीमा पर्यटन सम्बद्ध मूख्य छाता–संगठनका अध्यक्षहरुमध्ये कुनै एकको प्रतिनिधित्व हुनुपर्ने ।
कोभिड–१९ का लहरहरुको पुनरावृत्ति भए समस्याको सही पहिचान गरी आवस्यक निराकरण गर्न तथा सोही बमोजिमका पर्यटन रणनीति र कार्यनीति तर्जुमा तथा कार्यान्वयन गरी पर्यटन पुनरुत्थान अभियानलाई द्रुत, मजबूत र जिम्मेवार रुपमा अगाडी बढाउन सघाउ पुग्ने भएकाले सीसीएमसीमा पर्यटन क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने आवश्यक छ ।
































