सुनकाे मुल्यमा सामान्य वृद्धि, चाँदीकाे मुल्य भने घट्यो
वि.सं.२०७८ साउन २९ शुक्रवार
14.3K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा ६ सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार २ सय ५० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य ११९० मा कारोबार भएकोमा आज घटेर तोलामा ११८५ कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































