महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

915
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताए।

यसअघिको १३ औँ महाधिवेशनमा समेत महामन्त्रीमा उम्मेदवारी दिएका थापाले ५८४ मत पाएका थिए ।

कांग्रेसको तेस्रो धार अर्थात् कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिएका थापाले पराजित भएका थिए । आन्तरिक छलफललाई तिव्रता दिए पनि यसपटक कुन समूहबाट उम्मेदवारी घोषणा गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन ।

नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।

civil hospital
Hams Hospitals