एमाले महाधिवेशन : पाेखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने
वि.सं.२०७८ भदौ १४ सोमवार
837
shares
shares
काठमाडौँ। एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्।
एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगको भेटघाटमा पोखरेलले १० औं महाधिवेशन नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन्। अधिवेशन १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदैछ।
पोखरेलले आफू दुईपटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताए।
आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ।
ओली निकट नेता शंकर पोखरेलले केही समयअघि नै ओलीकै नेतृत्वमा पार्टी चुनाव र सरकारमा जाने घोषणा गरिसकेका छन्।एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता बनेका छन्।


























