वरिष्ठ नेता खनाल स्वदेश फिर्ता , कुनै कार्यकारी पदमा नरहने खनालकाे भनाई

933
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल साेमबार स्वदेश फर्किएका छन्।

स्वास्थ्यउपचारपछि सोमबार स्वदेश फर्किएका नेता खनालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै आफू अब कुनै कार्यकारी पदमा नरहने बताएका छन्।’आफू ७० वर्ष पार गरिसकेको स्मरण गराउँदै आफू कुनै कार्यकारी पदमा रहने छैन’ उनले भने।

त्यस्तै बाँकी जीवन पार्टी निर्माणमा लगाउने तथा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा व्यक्तिवादी सोच हाबी भएको कारणले आज याे दिन आएको उनले बताए ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि नेता खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेता खनालको स्वागतका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु विमानस्थलमा पुगेका छन् ।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन्।

civil hospital
Hams Hospitals