चरी जालैमाकाे सफलता युट्युवमा एक कराेड भ्युज ( भिडियो सहित)
वि.सं.२०७८ भदौ १६ बुधवार
1.2K
shares
shares
काठमाडाैं । लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वर रहेकाे तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा दुइ साताकाे अवधिमा १ करोड भ्यूज बनाएकाे छ ।
युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ । ‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।
शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्याले अभिनय गरेकी छिन् । पछिल्लाे समय तीज शीर्षकमा प्रसस्तै गीत सार्वजनिक भए पनि तीजकाे मर्म बाेकेका गीतहरू थाेरै छ । यस अर्थमा चरी जालैमा गीतका शब्दहरु सरल र मार्मिक छन् ।


























