बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा नयाँदिल्लीमा पाकिस्तानी मन्त्री, दक्षिण एसियाली कूटनीतिमा चासो

232
shares
Nabil bank

 

 

 

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर क्षेत्रीय कूटनीतिक वृत्तमा चासो बढिरहेका बेला पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिक नयाँदिल्लीमा रहनुले थप राजनीतिक तथा कूटनीतिक ध्यान आकर्षित गरेको छ।

 

पाकिस्तानका मन्त्री मुसादिक मलिक नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने ‘सांघाई सहयोग संगठन (एससीओ) सभ्यतासम्बन्धी संवाद’मा पाकिस्तानको प्रतिनिधित्व गर्दै भारत पुगेका हुन्।

 

यसै समयमा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको विषय पनि चर्चामा रहेकाले दक्षिण एसियाका दुई छिमेकी मुलुक नेपाल र पाकिस्तानसँग जोडिएका कूटनीतिक गतिविधिलाई चासोका साथ हेरिएको छ।

 

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाने तयारी भइरहेका बेला पाकिस्तानका संघीय मन्त्री मुसादिक मलिक पनि नयाँदिल्लीमा रहनुलाई संयोगपूर्ण क्षेत्रीय कूटनीतिक घटनाक्रमका रूपमा हेरिएको छ।

 

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार मलिकको भ्रमण भारत–पाकिस्तानबीच सन् २०२३ पछि पहिलोपटक भएको मन्त्रीस्तरीय भ्रमण हो। उनी नोभेम्बर २० मा नयाँदिल्ली पुगेका हुन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x