बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण मृत्यु

1.5K
shares

टेलिभिजनका अभिनेता तथा बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार हृदयघातका कारण मृत्यु भएको छ। मुम्बईको कुपर अस्पतालमा ४० वर्षका सिद्धार्थको मृत्यु भएको हो।

अस्पतालका डाक्टर शैलेष मोहितेका अनुसार अस्पताल आईपुग्दा नै उनको मृत्यु भइसकेको थियो। सिद्धार्थले दश वर्षभन्दा बढी समयदेखि सानो पर्दामा सक्रिय ढंगबाट काम गरिरहेका थिए। तर बिग बोसको विजेता बनेपछि उनको चर्चा चुलिएको थियो।

उनी खतरोका खेलाडीजस्ता कार्यक्रममा पनि आवद्ध थिए। साथै चर्चित भारतीय टेलिसिरियल बालिका बधुमा पनि उनले अभिनय गरेका थिए। एजेन्सी

civil hospital
Hams Hospitals