नेकपा एमालेका अध्यक्ष ओली अस्वस्थ
वि.सं.२०७८ भदौ १९ शनिवार
957
shares
shares
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।
नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि ओली सक्रिय रुपमा नेता कार्यकर्ता भेटघाटमा लागेका थिए।
त्यस्तै भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली अस्वस्थ भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी गराएका छन्।
ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । त्यस्तै अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको समेत बजागाईंले जानकारी दिए।


























