नेप्सेमा आज १०८ अंक अर्थात ३.७ प्रतिशतको गिरावट

9.9K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको कसिलो नीतिका कारण सेयर बजारमा सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट आएको छ।

नेप्सेमा आज १०८ अंक अर्थात ३.७ प्रतिशतको गिरावट आएको छ।

यसदिन ११ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भयो। आज सबै समूहहरु घटेका छन्।

आज बैंकिङ समूह ४४.५१ बिन्दुले ओरालो लागेको छ भने निर्जिवन बिमा समूह सबैभन्दा धेरै ५१९.४६ बिन्दुले ओरालो लाग्यो। यस्तै, जीवन बिमा समूह पनि ५११.७८ अंकले ओरालो लाग्दा जलविद्युत् समूह भने २१६.९५ अंक मात्रैले ओरालो लागेको छ।

आइतबारको कारोबारमा सबै समूहगत परिसूचक नकारात्मक रहे पनि सानिमा लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, गुडविल फाइनान्स लगायत केही कम्पनीको भने सेयर मूल्य बढेको छ।

नेप्सेका अनुसार आज ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबार भएका धेरैजसो कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७० करोड भन्दा बढीको कारोबार भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x