सञ्चयकोष सञ्चालक समितिका अध्यक्ष कर्णद्वारा शपथग्रहण

14.6K
shares
Nabil bank

भदौ २१, काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उहाँलाई सपथ खुवाउन भएको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ५ को उपदफा १ क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिनुभयो । हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उहाँले भन्नुभयो, कोष मर्यादित रूपमा सञ्चालनमा आओस्।’

यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ सेवा निवृत्त हुनुभएपछि गत साउन २५ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x