प्रधानमन्त्री देउवाद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गरेका छन् ।

त्यस्तै उहाँकाे मृत्युमा आफू मर्माहित भएकाे समेत देउवाले समाजिक सञ्जालमा मार्फत व्यक्त गरेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro