बाग्मती प्रदेशसभामा गठबन्धनकाे तर्फबाट मुख्यमन्त्रीमा एसका पाण्डेको नाम अघि सरियाे

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकाे तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम अघि सरेको छ ।

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलाई विश्वासको दिन नसक्ने बताएका हुन् ।

त्यस्तै गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको बताए ।

प्रदेशसभामा १०९ जना सांसद रहेकाेमा सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्दछ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद रहेकाले याे संख्या सरकार बनाउन १२ सांसद अपुग देखिन्छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro