कांग्रेसकाे १४औं महाधिवेशन : २७–२९ मंसिरमा केन्द्रीय महाधिवेशन
वि.सं.२०७८ कात्तिक ११ बिहीवार
1.3K
shares
shares
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म सम्पन्न गर्नेगरी नयाँ मिति सार्वजनिक गरिएको छ । यसअघि ९ देखि १३ मंसिरका लागि कांग्रेसले महाधिवेशनको मिति तोकेको थियो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पार्टीको १४औं महाधिवेशनका लागि तोकिएको मितिलाई संशोधन गर्दै नयाँ मिति सार्वजनिक गरेकाे हाे ।
मंगलबार बसेको कांग्रेस पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको नयाँ कार्यतालिका मंसिर नकट्नेगरी बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए । सोहीअनुसार समितिले कार्यतालिका संशोधन गरिएको हाे ।




























