सांग्रिला डेभलपमेण्ट बैंकको साधारण सभा सम्पन्न, १०.५२ % लाभांश पारित
वि.सं.२०७८ कात्तिक १८ बिहीवार
21.7K
shares
shares
कात्तिक १८, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा लैनचौर ब्याक्वेंटमा मंगलवार सम्पन्न भएको सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गतेसम्म बन्द गरेको थियो । यस आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
Subscribe
0 Comments
Oldest































