क्यानालिस रिपोर्ट अनुसार यो वर्ष २०२१ को तेस्रो क्वाटरमा रियलमी तेस्रो स्थानमा
वि.सं.२०७८ कात्तिक ३० मंगलवार
shares
काठमाडौं, कार्तिक ३०, २०७८- विश्वमै सबभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्ट अनुसार २०२१ को तेस्रो क्वाटरमा तेस्रो स्थानमा रहेको रियलमीको सबैभन्दा ठूलो जित मानिएको छ ।

यस रिपार्ट अनुसार नेपालमा रियलमीले अघिल्लो क्वाटरको तुलनामा २४७% ले वृद्धि गर्दै यो क्वाटरमा सबैभन्दा धेरै वृद्धि देखाएको छ । पछिल्लो क्वाटरमा अनुमानित सेल–ईन स्मार्टफोन ढुवानी अन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो ।
हाल नेपाली बजारमा रियलमीले १५% हिस्सा ओगटेको छ । अघिल्लो क्वाटरको तुलनामा यो क्वाटरमा रियलमीले २४७% को स्मार्टफोन ढुवानी वृद्धि गर्दै सबैभन्दा सफल स्मार्टफोन ब्रान्ड बनेको हो । सामसङ्गले तेस्रो क्वाटरमा स्मार्टफोन ढुवानीमा ३९% को वार्षिक गिरावटको सामना गरेको छ । यसैगरी, शाओमी ले सोही अवधिमा ४४% को गिरावटको सामना गर्नुपरेको छ । यस गिरावट पश्चात् पनि यी दुवै स्मार्टफोनहरु क्रमशः ३९% र २५% को नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्ड मै यथावत रहेका छन् ।
नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाईल्स को साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यु गरेको थियो । अप्रतिस्पर्धी मूल्य निर्धारणका कारण यो नेपालमा सफल हुन सकेको थिएन । यसपछि कम्पनीले नेपालमा आफ््नो रणनीति परिवर्तन गर्ने निर्णय गरेको थियो । रियलमीले फेरी शङ्कर ग्रुपको साथमा नेपाल प्रवेश गर्दै प्रतिस्पर्धी मूल्य राख्ने वाचा गरेको थियो । पछिल्लो क्वाटरमा रियलमीको सबैभन्दा ठूलो उत्पादनहरुमा रियलमी C21Y , रियलमी C20 , रियलमी C21, रियलमी C11 पर्दछन् । यिनीहरुले शक्तिशाली ब्याट्री, मेगा डिस्प्ले र सुन्दर फोटो जस्ता गुणात्मक विशेषताहरुका साथ उक्त स्थान प्राप्त गरेको हो ।

हाल रियलमी ले जिटी नियो २ जस्ता डिभाइसहरुसँग आफ्नो पोर्टफोलियो विस्तार गरेको छ । आफ्नो “Dare to Leap” भन्ने नाराका साथ रियलमीले मानिसहरुको मन जितेको छ । २०२२ सम्ममा नेपालको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्ने रियलमीले योजना राखेको छ र उल्लेखित सर्भेलाई ध्यानमा राख्दा यो लक्ष्य चाँडै नै पुरा हुने देखिएको छ ।
रियलमीको बारेमा
रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधिहरु सुलभ बनाएर स्मार्टफोन र ब्क्ष्यत् बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवाहरुलाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमियम विशिष्टताहरु, गुणस्तर र नयाँ प्रवृति निर्माण गर्ने डिजाइन सहितको जीवनशैली प्रविधि उपकरणहरु उपलब्ध गराउँदछ । २०१८ मा “Dare to Leap” को नारा सहित स्थापना गर्नुभएको रियलमी विश्वको सातौं ठूलो स्मार्टफोन कम्पनी हो ।
२०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमीको प्रयोगकर्ता छन् ।
थप जानकारीको लागि कृपया www.realme.com मा हेर्नुहोस् ।





























