खेलकुद मन्त्री अथकद्धारा नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन
वि.सं.२०७८ मंसिर २ बिहीवार
shares
मंसीर २, काठमाण्डौं
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाल स्काउटको अन्तराष्ट्रिय तालिम केन्द्रको अनुगमन गर्नुभएको छ । नेपाल स्काउटको प्रमुख स्काउट समेत रहनुभएका मन्त्री अथकले बिहिबार नुवाकोटको ककनीमा रहेको तालिम केन्द्रको स्थलगत निरिक्षण गर्नुभएको हो ।
बुधबार बेलुका ककनी पुग्नुभएका मन्त्री अथकलाई नेपाल स्काउटका कार्यकारी निर्देशक राम प्रसाद भट्टराई, WOMS Consultanc देवराज घिमिरे लगाएतको स्वागत गर्नुभएको थियो ।
त्यसक्रममा मन्त्री अथकले स्काउटको Generation Digital सम्बन्धि MTOT Session मा सहभागी ७ प्रदेशका स्काउटहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । WOMS (World Organization of the Scout Movement ले आयोजना गरेको तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले नेपाल स्काउटलाई विश्वकै उत्कृष्ट स्काउटका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
सानै उमेरदेखी सेवाभावको विकास गर्ने पवित्र उद्धेश्य बोकेको स्काउटको संस्थागत विकासकालागि मन्त्रालय सम्हालेकै दिनदेखी आफु लागिपरेको बताउँदै मन्त्री अथकले स्काउटको नाममा देशब्यापी रुपमा रहेका संरचनाहरुको संरक्षणमा विशेष जोड दिन आग्रह गर्नुभयो ।
युवाहरुलाई नैतिक शिक्षा, अनुशासन र राष्ट्रप्रेम सिकाउने संस्थाको रुपमा रहेको नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफु दृढ रहेको बताउँदै मन्त्री अथकले राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो ।
राज्यका सबै नागरीकहरुलाई कम्तिमा पनि प्राथमिक स्तरको शैन्य तालिम दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “देशभरका सरकारी तथा संस्थागत विद्यालयहरुमा स्काउट तालिम अनिवार्य गर्नुपर्ने देखिएको छ ।” हरेक घरमा कम्तिमा एक जना ब्यक्ति स्काउट भएमा त्यो घरको माहौल नै परिवर्तन हुने मन्क्री अथकले विश्वास ब्यत्त गर्नुभयो ।
नेपाल सरकारले विगतदेखी नै स्काउटको विकासमा लगानी गर्दै आएको र अबका दिनमा समेत त्यसलाई निरन्तरता दिने बताउँदै मन्त्री अथकले भन्नुभयो, “नेपाल स्काउटको विकासकालागि आन्तरिक तथा बाह्य लगानी भित्रने खालको वातावरण तयार गर्नुहोस ।”
































