कांग्रेस महाधिवेशन : केन्द्रीय तथा प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै
वि.सं.२०७८ मंसिर ३ शुक्रवार
1.9K
shares
shares
अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा गर्दैछ ।
महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट कांग्रेसले करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने तयारी गरेकाे छ ।
महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्र रहने छन् , उक्त निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् ।
७७ जिल्ला सभापति, केन्द्रीय समितिका सबै जना, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि गरी महाधिवेशनमा करिब ४ हजार ५ सय जना प्रतिनिधिको नामावली दर्ता हुन्छ ।



























