राप्रपा – जबराले अध्यक्ष पदमा उम्मेदवारी नदिने

Ghorahi cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन् ।

उनले नेताहरुसँग त्यसबारेमा छलफल गरेता पनि औपचारिक रुपमा उम्मेदवारी नदिने घोषणा भने गरेका छैनन् ।

आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको राष्ट्रिय अधिवेशनमा यसअघि नै कमल थापा र राजेन्द्र लिङदेनले भने उम्मेदवारी घोषणा गरिसकेका छन् । भने वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने बताएका छन् ।

Nepali patro