नेपाली कांग्रेस: अधिवेशन सरेकाे हाेइन् , कार्यतालिका मात्र हेरफेर

Ghorahi cement

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम फेरबदल गरिएको छ। प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई सारिएर मंसिर १७ गतेका लागि राखिएको निर्वाचन समितिका एक सदस्यले बताए ।

मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको छ । यसअघि आएका समाचारहरुमा प्रदेश महाधिवेशन मंसिर १८ र १९ गतेकालागि सरेको भन्ने गलत भएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनले भने –‘ निर्वाचन कार्यक्रममात्रै आवश्यकताअनुसार निर्वाचन समितिले तय गर्ने भनिएको तथा अधिवेशनको मिति नै सार्ने भनिएको होइन ।’

केन्द्रीय महाधिवेशन पनि उम्मेदवारी मनोनयन दर्ता महाधिवेशनको उद्घाटन कार्यक्रमपछि अर्थात मंसिर २५ गते हुनेछ ।

सोमबार बिहान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीहरुसँग छलफल गरेका थिए ।

छलफलमा नेताहरुले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

Nepali patro