राप्रपा महाधिवेशन : २३५ जना महाधिवेशन प्रतिनिधिहरु अध्यक्षद्वारा मनोनित
वि.सं.२०७८ मंसिर १७ शुक्रवार
1.1K
shares
shares
काठमाडौँ। महाधिवेशन भइरहेको राप्रपामा २३५ जना महाधिवेशन प्रतिनिधिहरु अध्यक्षद्वारा मनोनित भएका छन्। राप्रपाको विधान अनुसार ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न मिल्ने व्यवस्था अनुसार २३५ जना मनोनित भएका हुन् ।
त्यस्तै समितिले बिहिबार ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेपनि त्यसमा २३५ जना थप हुनेछन् ।
नेतृत्वको दौडमा कमल थापा र राजेन्द्र लिङ्देन रहेकाे राप्रपाकाे निर्वाचन भने भाेलि शनिबार हुनेछ ।



























