राप्रपा महाधिवेशन – आफूहरुको जित सुनिश्चित छ : लिङ्देन
वि.सं.२०७८ मंसिर १७ शुक्रवार
shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् ।
उम्मेदावरको मनोनयन दर्ता गर्न जाने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै लिङ्देनले युवाहरुको एजेण्डा लिएर अघि बढेका कारण आफूहरुको जित सुनिश्चित रहेको दाबी गरे ।
‘युवाहरुको एजेण्डा लिएर सहमति भएर हामी अगाडी बढेका हौँ । जितको बारेमा छलफल नै गर्नुपर्दैन । जित सुनिश्चित छ । किनभने यो मेरो मात्रै मुद्दा होइन मेरो मात्रै विषय होइन ।’ लिङ्देनले भने ।
त्यसैगरी राप्रपाले उठाउँदै आइरहेको हिन्दु राज्यको कुरा राजसंस्थाको जीवन भएको उनको भनाइ रहेको छ । आफूहरुले सोही मुद्दालाई अगाडी बढाएको कारण महाधिवेशन प्रतिनिधिहरुले आफूहरुलाई मतदान गर्ने उनको दाबी रहेको छ ।
लिङ्देनको समूहबाट बिक्रम पाण्डे, रामचन्द्र राय, तिलबिक्रम राजभण्डारीले उपाध्यक्षमा उठेका छन् । त्यस्तै युवा पुस्ताका मुद्दालाई लिएर आएको बताउने लिङ्देनलाई राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको समर्थन रहेको छ ।



























