यू–१९ महिला – भुटानसँग नेपालकाे फराकिलो जित
वि.सं.२०७८ पुस ३ शनिवार
11.9K
shares
shares
काठमाडौँ। यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल विजयी भएकाे छ । नेपालले भूटानलाई ४-० गाेल अन्तरले पराजित गर्दै फाइनल नजिक को यात्रा तय गरेको हो ।
बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपालसँग पराजित भुटान लिग चरणबाट बाहिरिएको छ ।
नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् । भने कुसुम खतिवडा र रजनी थोकरले समान १-१ गोल गरेका थिए । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै नेपालले लिगको अन्तिम खेल भारतसँग पुस ४ गते खेल्नेछ ।
Subscribe
0 Comments
Oldest
































