गुडविल फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न

मिति २०७८ साल पौष २९ गते बिहिवारका दिन यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ औं वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विहान ११ः३० बजे विद्युतिय माध्यमबाट अझौतिक (Zoom Meeting) मार्फत सम्पन्न भयो । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष श्री विश्व प्रकाश साखःज्यूले आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८५४ ले वृद्धि गरी रु १०,०९,३९,८५,९९७ तथा कर्जा तर्फ १४.६८४ ले वृद्धि गरी रु. ७,९१,३३,८९,६८० पुर्‍याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष श्री विश्व प्रकाश साखःज्यूले प्रस्तुत गर्नु भएको आ.ब.२०७७/०७८ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ९.१४ बोनस शेयर तथा ३.९४ नगद लाभांश गरि जम्मा १३ ४ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सरोज काजी तुलाधरज्यूले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको (COVID -19) का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराउनुझयो ।

Zoom Meeting मार्फत सम्पन्न भएको साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्न सकियोस भनि शुभकामना दिनुभएको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro