स्थानीय निर्वाचन जेष्ठ ५ भन्दा पछाडी लैजान सकिदैनः निर्वाचन आयोग

3K
shares

काठमाडौं । प्रधानमन्त्रीका सचिवालय श्रोतका अनुसार आज दिउसो प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई बालुवाटार बोलाएर स्थानीय तहको निर्वाचन विषयमा छलफल गरेका छन् । गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गरेका हुन।

छलफलको क्रममा निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ । जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने सम्भावना रहेको छ ।

civil hospital
Hams Hospitals