स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न नागरिक संघसंस्थाहरुको संयुक्त माग
वि.सं.२०७८ माघ २० बिहीवार
shares
काठमाण्डौँ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिका र नगरपालिका सदस्यको निर्वाचन गाउँ सभा र नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अघि सम्पन्न हुनेछ भन्ने उल्लेख गरेको छ । साथै दफा ४ र दफा ५५ अनुसार २०७९ जेठ ७ गते स्थानीय तहका निर्वाचित सदस्यहरुको पदावधि सकिंदै छ ।
आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको बुझिएपनि निर्वाचनको मिति घोषणा गर्न सरकारले विलम्ब गरिरहँदा सरकार निर्वाचनप्रति प्रतिबद्ध नभएको हो कि भन्ने आशंका पैदा हुँदै गएको र कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन मिति पर धकेल्ने र संवैधानिक प्रावधानको गलत व्याख्या गर्ने कार्य राष्ट्रिय हित र लोकतन्त्रको विरुद्ध हुने कुरामा नागरिक समाज तथा संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निर्वाचनको मिति अविलम्ब घोषणा गर्न जोडदार माग गरेका छन् ।






























