रियलमीद्धारा मोवाइल वर्ल्ड कंग्रेस २०२२ MWC मा प्रिमियम फ्लागशिप रियलमी जिटी २ सिरिज शुरु गर्ने घोषणा
वि.सं.२०७८ फागुन १५ आइतवार
shares
काठमाडौँ फागुन १५,२०७८ – संसारमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मोवाइल वर्ल्ड कंग्रेस MWC २०२२ मा रियलमी जिटी २ सिरीज सार्वजनिक गर्ने घोषणा गरेको छ । गत महिनाको शुरुमा चीनमा सार्वजनिक गरिएको यो सिरीज क्वालकम स्नापड्रागन चिपसेटद्धारा सञ्चालित पहिलो स्मार्टफोनहरुमध्ये एक हो । रियलमी जिटी २ प्रो युरोपको बजारमा स्नापड्रागनले सुसज्जित पहिलो स्मार्टफोन हुनेछ ।
अहिलेसम्मको सबैभन्दा प्रिमियम फ्लागशिप लाइन–अपको रुपमा रियलमीले विश्वभरका लाखौँ प्रयोगकताहरुको लागि टेक्नोलोजीहरु ल्याउने, उच्च बजारमा प्रवेश गर्ने र उच्च प्राविधिक नविनतममा अग्रपङ्क्तिमा रहने लक्ष्य राखेको छ । रियलमीका प्रमुख कार्यकारी अधिकृत स्काइ लीले भन्नुभयो “विश्वभरका प्रयोगकर्ताहरुलाई नयाँ र रोमाञ्चक कुराहरु प्रदान गर्न सधैँ राम्रो महसुस गरेका छौँ । रियलमी जिटी २ प्रो ले सम्पूर्ण कुरालाई उच्च स्तरमा ल्याएको छ ।”
रियलमीका ईण्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी ईन्टरनेशनल बिजनेश ग्रुपका अध्यक्ष माधव शेठले भन्नुभयो “हामी अझ ठूलो साहस र आकाङ्क्षाकका साथ सन् २०२२ मा प्रवेश गरेका छौँ । रियलमी जिटी २ सिरीजले नवप्रवर्तनको अग्रपङ्क्तिमा रहने हाम्रो दृष्टिकोणलाई मूर्तरुप दिनेछ ।
हाम्रा प्रयोगकर्ताहरुलाई व्यापक प्रिमियम ब्रान्डका अनुभव प्रदान गर्ने शिलसिलामा प्रविधिको नवीनतामा यो घोषणा हाम्रो गो–प्रिमियम रणनितिलाई प्रतिनिधित्व गर्नेछ । गो–प्रिमियम रणनितिद्धारा प्रिमियम सेगमेन्टमा, आफ्नो उत्कृष्ट तथा नवीनतम प्रयोगको रेकर्ड तोड्नेछ।”
तीन वर्षमा १० करोड युनिट विक्री गर्दै रियलमी विश्वव्यापी रुपमै शीर्ष ८ स्मार्टफोन ब्रान्डहरुमा परेको छ। उच्च प्रविधि र डिजाइनमा नवीनता रियलमीको छिटो वृद्धिको आधार बनेको छ । रियलमी जिटी २ प्रो मा तीन विशेषताहरु बायो–पोलिमर ब्याककभर, १४० डिग्री अल्ट्रा वाइड क्यामेरा र ईनोभेसन फरवार्ड कम्युनिकेशन समावेश छ जसले विश्वव्यापी रुपमा सबै स्मार्टफोन प्रयोगकर्ताहरुलाई अद्भुत अनुभव प्रदान गर्नेछ ।
रियलमीको बारेमा
टेक जीवनशैलीमा उच्च गुणस्तरीय सेवा दिन माहिर रियलमी स्मार्ट फोनको क्षेत्रमा ट्रेन्डसेटिङ ब्राण्ड हो । कम्पनीका फाउन्डर स्काई ली र भारतका माधव शेठद्धारा संयुक्त रुपमा सन् २०१८ मे ५ मा आधिकारिक रुपमा यसको स्थापना गरिएकोमा युवा समूहमा प्रविधिको क्षेत्रमा समृद्ध अनुभव कम्पनीसँग छ । युवाहरुका लागि समार्ट र आधुनिक जीवनशैली सिर्जना गर्ने उत्कृष्ट उत्पादनहरु प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई प्रजातान्त्रिक गर्ने प्रतिबद्धता पनि गरेका छन्।
२०२१ को दोस्रो क्वाटरमा जिटी सिरीज, नम्बर सिरीज, नार्जो सिरीज र सी सिरीज लगायतका एन्ट्री लेभलदेखि फ्लागशिप खण्डहरु सम्मको समग्र स्मार्टफोन पोर्टफोलियोका साथ रियलमी विश्वको नम्बर ६ स्मार्टफोन ब्रान्ड बनेको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार भारतीय बजारमा छन् लयाउने रियलमी पहिलो फोन हो, २०१९ फेब्रुअरीमा रियलमी छन् र दोस्रो क्वाटर २०२१ मा २३ प्रतिशत शेयरका साथ भारतको शीर्ष छन् स्मार्टफोन ब्रान्ड बनेको छ ।
रियलमीले ज्ञ छ त् रणनितिद्धारा रियलमी टेकलाइफ ईकोसिस्टमको शुरुवात गरेको छ ,जुन स्मार्टफोनमा केन्द्रित छ र स्मार्ट लाइफको ४ श्रेणीहरु स्मार्ट टिभी, वेरबल्स, टिडब्लुएस, ल्यापटप, ट्याब्लेटहरु र रियलमी टेकलाइफ® ब्रान्डका ३ श्रेणीहरु स्मार्ट लाइफ केयर, स्मार्ट मनोरञ्जन र स्मार्ट जडानका उत्पादनहरुमा विस्तार गरिएको छ । रियलमीले ‘रियलमी टेकलाइफ इकोसिस्टमलाई’ समृद्ध बनाउन थप नवीन प्रविधि उत्पादनहरुमा विकास गर्दै आएको छ ।
थप जानकारीको लागि कृपया www.realme.com मा सम्पर्क गनुहोस् ।






























