एमाले र कमल थापाको पार्टीबीच ५ बुँदे सहमति : राप्रपा नेपालले सुर्य चिन्हमा मतदान गर्ने

23.8K
shares
Nabil bank

काठमाडौं। नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ। दुई पार्टीबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने विषयमा पाँच बुँदे सहमति भएको हो।

सहमतिअनुसार राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लड्न पाउनेछ। यसता उम्मेदवार निर्वाचित भएपश्चात राप्रपा नेपालकै हुने सहमति दुई पार्टीले गरेका छन्।

सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ। त्यस्तै आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने र राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने सहमति समेत भएको छ।

त्यस्तै एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमति समेत भएको छ।

दुबै दलले सहमति कार्यान्वयनका लागि आ(आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x