चालक अनुमतिपत्रको परीक्षण पासलगत्तै लाइसेन्स ?

काठमाडौं।चालक अनुमतिपत्रको पर्खाइमा रहेका सर्वसाधारणले पास हुनेबित्तिकै लाइसेन्स पाउने भएका छन् । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले यातायात क्षेत्रमा रहेको विकृति सुधार्ने भन्दै निवेदन दिनेबित्तिकै परीक्षण र पासलगत्तै लाइसेन्स दिने व्यवस्था गरेको हो ।

प्रदेशले यातायात क्षेत्रको सुधारका लागि गरेको प्रयत्नको परिणाम प्राप्त हुन थालेको जनाएको छ । ठूलो भर्याङस्थित यातायात कार्यालयले वैशाख २५ गतेभित्र २०८१ सम्मको लाइनमा रहेका सबैको परीक्षण सक्ने गरी व्यवस्था मिलाइसकेको छ । २०७९ चैत्र ५ देखि २०८१ असार ३१ गतेसम्म भिजिट मिति भएका सेवाग्राहीको तोकिएको मिति अगावै बायोमेट्रिक दर्ता गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।सोअनुसार २०७९ चैत ५ देखि वैशाख २० गतेसम्म भिजिट मिति भएका सेवाग्राहीलाई आगामी बैशाख १२ गते कार्यालयमा उपस्थित हुन भनिएको छ । त्यसैगरी, २०८० को वैशाखदेखि असारसम्म मिति भएकालाई आगामी १३ गते, असारदेखि भाद्रसम्म भएकालाई १४ गते कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले सुचित गरेको छ ।

भदौदेखि कात्तिकसम्म भिजिटिङ मिति तोकिएकाहरुलाई वैशाख १९ गते कार्यालय बोलाइएको छ । त्यस्तै, मंसिर ३ गतेदेखि मंसिर २७ गतेसम्म भएकालाई वैशाख २० गतेका लागि सारिएको हो । पुसदेखि फागुनसम्म मिति भएकालाई आगामी २१ गतेभित्र र २०८० चैत ४ गतेदेखि ३१ असार २०८१ मा पालो भएकालाई वैशाख २५ गतेका दिन कार्यालयमा सम्पर्म राख्न भनिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro