कांग्रेस सिन्धुपाल्चोकले दियाे तीन नगरपालिकाको उम्मेदवारको सिफारिस

Ghorahi cement

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकले स्थानीय तह निर्वाचनका तीन वटा नगरपालिकाको उम्मेदवारको सिफारिस प्रदेशमा गरेको छ । १२ स्थानीय तहमध्ये तीन वटा नगरपालिकाकाे उम्मेदवारी सिफारिस गरेकाे हाे।

आज बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तहहरुबाट आएको नामबाट छानेर तीन नगरपालिकाका उम्मेदवारहरुको सिफारिस प्रदेशमा गरेको हो ।

जसमा मेलम्ची नगरपालिकामा मेयरमा वसन्त गुरुङ र उपमेयरमा जमुना मोक्तान तामाङ, चौतारा साँगाचोकगढीमा केशवराज गिरी मेयर र उपमेयरमा तुलसी श्रेष्ठ र बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेत मेयर र उपमेयरमा मञ्जु तामाङको नाम बागमती प्रदेश कार्यसमितिमा पठाएको हो ।

जिल्ला कार्यसमितिले नगर कार्यसमिति र क्षेत्रीय कार्यसमितिबाट आएका नामबाट छानेर प्रदेश समितिमा नाम पठाएको हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro