काँग्रेस एमाले बैठक : महानगर तथा उपमहानगरको उम्मेदवारकाे टुंगो आजै लाग्ने
वि.सं.२०७९ वैशाख १० शनिवार
shares
सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका सकेकाे छैन् । दुई राजनीतिक दलहरुले महानगर तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठककाे आव्हान गरेका हुन् ।
आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह ३ बजे केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले पनि सचिवालय बैठक बोलाएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे अपरान्ह बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाईएको छ । त्यस्तै, एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो ।
मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाएर तयारी गरिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोली देखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।



























