माओवादीले लगायाे महानगर र उपमहानगरका उम्मेदवारको टुंगो, कसलाई कहाँ?
वि.सं.२०७९ वैशाख १० शनिवार
2.5K
shares
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । माओवादीको भागमा महानगरमा मेयर र उपमेयर १/१ जनासहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना परेको थियो ।
माओवादीले भरतपुर महानगर मेयरमा रेनु दाहाल त्यस्तै ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको हाे ।
पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।
धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी, धरानमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु आकाङ्क्षी छन् । तर धरानको मेयरमा मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने माओवादी पार्टीका नेताहरुले बताएका छन् ।



























