कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

वि.सं.२०७९ वैशाख १० शनिवार
1.6K
shares
shares

सिन्धुपाल्चोक । कर्तव्य ज्यान मुद्दामा अदालतबाट ९ वर्ष ११ महिना ५ दिनको कैद सजाय पाएर फरार एकजनालाई १८ वर्ष पछि सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.११ बस्ने ५३ वर्षका मोहनराज गिरीलाई १८ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्र.ना.उ. दक्ष कुमार बस्नेतले बताए ।
बिहिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाण्डौ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
जिल्ला अदालत दाखिला गरिएकोमा सम्मानित अदालतले गिरीलाई लागेको कैद जरिवाना असुल उपरका लागि आजै कारागार कार्यालय चौतारामा चलान गरिएको प्र.ना.उ. बस्नेतले बताए ।