नेपाली र भारतीय बजारमा तरकारीको भाउ
वि.सं.२०७९ वैशाख ११ आइतवार
shares
यतिबेला नेपाली र भारतीय बजारमा तरकारीको थोक मूल्य ३८ प्रतिशतसम्म फरक भएको देखिएको छ । आलु भारतमा भन्दा यहाँ केही सस्तो छ । अन्य तरकारीको मूल्यमा भने यहाँ भारतमा भन्दा १४ देखि ३८ प्रतिशतसम्म महँगो छ ।
गत साउन २८ गते बिहीवार एकैदिन नेपाली र भारतीय दुवै बजारमा टिपिएको थोक मूल्यको तुलना गर्दा यस्तो फरक स्पष्टै देखिन्छ । काठमाडौंस्थित कालीमाटी तरकारी बजार र दिल्लीको आजादपुर सब्जीमण्डीमा उक्त दिन कारोबार भएका अधिकांश तरकारीहरूको मूल्यमा ठूलो अन्तर देखिएन ।
बोडी र घिउसिमी काठमाडौंमा थोक मूल्यमै ५० रुपैयाँ प्रतिकिलोको हाराहारीमा रहेका बेला भारत र नेपालकै विभिन्न स्थानबाट ल्याइएका परबर र भिण्डी अहिले बन्दाको भाउमा पाइने गरेको छ ।
सधैं बन्दा खाइरहेका उपभोक्ताले परबर र भिण्डी उही मूल्यमा खान पाएका छन् । यो श्रेय व्यापारीवर्गलाई जान्छ । यो मौसममा दुवै बजारमा तरकारी ओइरिने हुनाले दुवै बजारको भाउ पनि उस्तै उस्तै देखिएको छ । कालीमाटी तरकारी बजारमा आउने प्याज ९५ प्रतिशत भारतको हुने भएकाले प्याजको मूल्य २५ प्रतिशत फरक हुनु औचित्यपूर्ण देखिन्छ । अहिले उतैबाट धेरै आलु आएकाले नेपालमा सस्तो भएको हो ।
साउन महीनामा भारत, भुटान मात्र नभएर बंगलादेशबाट पनि आलु भित्रिएको छ । यी मुलुकबाट दैनिक सरदर २ सय ५० टन आलु आइरहेकाले विगत वर्षमा जस्तो यस वर्ष आलुको भाउ नबढ्ने देखिन्छ । आर्थिक अभियानमा समाचार छ ।




























