नेपाली काँग्रेसले सार्वजनिक गर्याे चुनावी घोषणापत्र


काठमाडौं । नेपाली कांग्रेसले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम घोषणापत्रबारे पार्टीका महामन्त्री थापाले घोषणा पत्रको सारांश प्रस्तुत गरेका छन् ।

त्यसैगरी आगामी ५ वर्षमा के के गर्ने भन्ने विषयमा समिक्षासहित शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र रोजगारी, सेवा प्रवाह, स्थानीय पूर्वाधार विकास लगायतको विषयमा आफ्नो धारणा घोषणापत्रमा उल्लेख गरिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro