सुनिता डगोलको प्रतिवद्धता सार्वजनिक

Ghorahi cement

काठमाडौं। वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनकालागि यस अघि नै मैले काठमाडौं महानगरपालिकाबाट मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेको विदितै छ । मेयर पदको मेरो घोषणालाई आम मतदाता र शुभेच्छुकले देखाएको अनन्त स्नेहले मलाई प्रफुल्लित मात्रै होइन म जन्मेको माटो र हुर्केको ठाउँका लागि केही गर्नुपर्छ भन्ने अदम्य आँट , हिम्मत , उत्साह र थप साहस प्राप्त भएको छ ।

त्यति मात्रै होइन काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउने मेरो सपनालाई मूर्तरुप प्रदान गर्न युवाहरु लगायत आम काठमाडौंबासीहरुको भरपर्दो साथ , सहयोग र समर्थन छ र हुनेछ भन्ने मेरो अपेक्षा पनि थप बलियो बन्दै गएको छ । म प्रति अथाह स्नेह राख्ने मतदाता र शुभेच्छुकका लागि मैले इमान्दारीतापूर्वक भन्नै पर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुट्किलो हो । मैले राजनीतिकै माध्यमबाट क लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ ।

मैले पटक पटक भनेकी थिएँ म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने , साँस्कृतिक – सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भन्दै साना ठूला पार्टीसँग मेरो निरन्तर रुपमा सम्पर्क भैरहेको तथ्य प्रष्ट भनेकी थिएँ । यो दौरानमा मैले विज्ञताको कदर गर्ने , अनुभवीहरुलाई सम्मान गर्ने र युवाका आवाजलाई समेटेर समृद्ध नेपाल , सुखी नेपालीको आकांक्षा पूरा गर्ने प्रष्ट लक्ष्य सहित अघि बढेको तथा जनताको लोकप्रिय पार्टीका रुपमा नेकपा ( एमाले ) लाई पाएँ । वास्तवमै मेरो उद्देश्य काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा साँचिकैको काठमाडौं बनाउने हो । त्यसैले यो पटक मैले पदलाई भन्दा मेरो लक्ष्यलाई ठूलो ठान्दै नेकपा ( एमाले ) र सो पार्टीका आदरणीय अध्यक्ष तथा शीर्ष नेतृत्व तहको म प्रतिको विश्वासलाई स – धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दै म नेकपा ( एमाले ) को तर्फबाट उप – मेयरको उम्मेदवार बन्ने निर्णय गरेकी हुँ । नेकपा ( एमाले ) जस्तो दर्विलो संगठन भएको जनतालाई मनपर्ने सवैभन्दा ठूलो पार्टीले मलाई विश्वास गरेर उप – मेयरको जिम्मेवारी दिनु भनेको मलाई मात्रै होइन युवा , महिला , सामाजिक – साँस्कृतिक अभियन्ता लगायत सम्पूर्ण काठमाडौँबासीहरुको भावना सबैको प्रतिनिधित्व हुने गरी युवाहरुलाई उपहारको रुपमा प्रदान गरेको अवसर हो भन्ने मैले ठानेकी छु । यो मलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर पार्टीले म जस्ता क्रियाशील युवाहरु , म जस्ता दक्ष महिलाहरु , सामाजिक – साँस्कृतिक अभियन्ताहरु सवैलाई गरेको सम्मान हो । अहिले उप – मेयर पदको उम्मेदवार बन्दै गर्दा मात्रै होइन तपाईहरुकै माया र आर्शीवादले निर्वाचन जितेर आउँदै गर्दा पनि म तपाईहरुले म माथि गरेको विश्वार र भरोसालाई कुठराघाट गर्ने छैन । तपाईहरु सबैको शीर कहिल्यै पनि झुक्न दिने छैन । तसर्थ यो प्रतिबद्धता व्यक्त गर्दै म आदरणीय सम्पूर्ण जनसमुदायलाई सूर्य चिन्हमा मतदान गरी नेकपा ( एमाले ) को सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु । धन्यवाद । सुनिता डंगोल उपमेयर पदको उम्मेदवार काठमाडौँ महानगरपालिका

Shangri-la Development Bank Ltd.
Nepali patro