ललितपुरमा काँग्रेसबाट मेयरमा चिरिबाबु महर्जनकाे उम्मेदवारी

2.4K
shares

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा चिरिबाबु महर्जन उम्मेदवार बनेका छन् ।

हाल महानगरको मेयर समेत रहेका महर्जनलाई कांग्रेसले पुनः मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

मेयरमा चिरिबाबुको पक्का भएपछि आजै ललितपुरको जावलाखेलस्थित ललितपुरको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताको तयारी भएको छ ।

हाल सरकारको नेतृत्व गरिरहेको सत्तारुढ गठबन्धनको निर्णय अनुसार कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगरमा मेयर पाउने भएको छ । सो क्रममा कांग्रेसले काठमाडौंमा सिर्जना सिंह र विराटनगरमा नागेश कोइराला उम्मेदवार बनेका छन् ।

civil hospital
Hams Hospitals