ललितपुर महानगरमा एमालेका मेयर र उपमेयरले गराए उम्मेदवारी दर्ता
वि.सं.२०७९ वैशाख १२ सोमवार
2.4K
shares
shares
काठमाडौं । आसन्न वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि ललितपुरमा नेकपा एमालेका उम्मेदवार मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
आज (सोमबार) जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी काठमाडौं महानगरमा एमालेका तर्फबाट केशव स्थापितले मेयर र सुनिता डंगोलले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।




























