फुट्यो विप्लवको नेकपा, धर्मेन्द्र र सुदर्शनलाई कारबाही

24.2K
shares
Nabil bank

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ले पार्टीका दुई सदस्यलाई पदमुक्त गरेसँगै ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टी फुटेको छ । महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै सचिवालय सदस्यहरु धर्मेन्द्र वास्तोला ‘कञ्चन’ र हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाएका छन् ।

विप्लव नेतृत्वको नेकपामा पछिल्लो समय निर्वाचनमा भाग लिने या नलिने भन्ने विषयमा छलफल भएको थियो । महासचिव विप्लव निर्वाचनमा भाग लिनुपर्ने पक्षमा थिए भने, विप्लवले गरेको उक्त प्रस्ताव अन्य नेताहरुले अस्वीकार गरेका थिए ।

यसैबीच उनीहरुलाई पार्टीको नीतिविपरित कार्य गरेको आरोप लगाउँदै विप्लवले पार्टीबाट निष्काशन गरेका हुन् । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवंम भेलासम्म गर्दै हिँडेकाले पार्टी विधान अुनसार दुवै जनालाई अनश्चित समयका लागि जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराईन्छ ।’विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कारबाहीमा परेका धर्मेन्द्र र सुर्दशन पछिल्लो समय विप्लवबाट क्रान्तिको नेतृत्व नहुने भन्दै नयाँ पार्टी गठन प्रकृयामा जुटेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x