औद्योगिक ग्राहकका लागि लोडसेडिङ हुँदै


काठमाडौं । बिजुली आपूर्तिमा समस्या देखिएपछि सरकारले बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ गर्ने भएको छ ।

आन्तरिक उत्पादनले माग धान्न नसकेको र बिजुली माग पूर्ति गर्नका लागि नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो ।

मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

Shangri-la Development Bank Ltd.
Nepali patro