आकाशे पुलमा मेयर-उपमेयरका उम्मेदवारसँग जम्काभेट हुँदा

Ghorahi cement

काठमाडौं । नेकपा एमालेका तर्फबाट मेयर पदको उम्मेदवार केशव स्थापित र उपमेयर पदका उम्मेदवार सुनिता डंगोल शुक्रबार जमलको आकाशे पुलमा अचानक भेटिनुभयो ।

महानगरवासीसँग मत माग्न घर–दैलो कार्यक्रम जाने सिलसिलामा जमलको आकाशे पुलमा अचानक भेटिनु भएका स्थापित र डंगोललाई सँगसँगै देखेपछि आकाशे पुलबाट सडक वारपार गरिरहेका मानिस समेत एकछिन टक्क उभिँएर नियाली रहे ।

अचानक पुलमाथि भेटिनु भएका स्थापितले केही बेर त्यहि पुलमाथि उभिएर आफू पहिलो पटक मेयर बनेका बेला महानगरपालिका क्षेत्रभित्र आकाशे पुल निर्माणको योजना अघि बढाएको जानकारी गराउनु भयो । ‘म पहिलो पटक मेयर बन्दा आकाशेपुल निर्माणको योजना अघि बढाएँ,’ स्थापितले भन्नुभयो, ‘आज त्यही पुलबाट वाटो वारपार गर्दै मतदाताको घर–दैलोमा मत माग्न जाँदै गर्दा आनन्द महसुस भएको छ ।’

उहाँले आजबाट सुरु घर–दैलो कार्यक्रमलाई ३२ वटै वडामा प्रभावकारी ढंगले अघि बढाउने जानकारी पनि दिनुभयो । ‘३२ वटै वडामा हामीले जित्ने निश्चित जस्तै छ,’ उहाँले निकै उत्साहका साथ भन्नुभयो, ‘हामी मत माग्न घर–दैलामा जाँदा मतदाता उत्साहित भएको पायौँ ।’

Shangri-la Development Bank Ltd.
Nepali patro