जिम्बावे ‘ए’ सामु नेपालले दियाे १ सय ८२ रनको विजयी लक्ष्य

3K
shares

काठमाडौं । नेपालले जिम्बावे ‘ए’ लाई १ सय ८२ रनको विजयी लक्ष्य प्रस्तुत गरेकाे छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको हो ।

नेपालका लागि आदील आलमले सर्वाधिक ४७ रन, कुशल भुर्तेलले ४६ रन, रोहित पौडेलले ३९ रन तथा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।

जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले समान १/१ विकेट लिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो ।

civil hospital
Hams Hospitals