यस्तो छ आज सुनचाँदी मूल्य…

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेर बिहिबार ९८ हजार ६ रुपैयाँ कायम भएको छ।

तेजावी सुनको भाउ तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। बुधबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro