बालेन शाहको चरित्र माथी प्रश्न, आमा छन वृद्धाश्रममा! 

Ghorahi cement

काठमाडौ । काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह उर्फ बालेन्द्र शाहकी आमा वृद्धाश्रममा रहेको खुलेको छ । आफुलाई भिजन भएका नेतृत्वकर्ता भन्दै आएका शाहले आफ्नै आमा वृद्धाश्रम पठाउनु गलत रहेको स्थानीयहरुले बताएका छन । 

बालेन्द्र शाहको स्थायी घर एकदारा जनकपुर हो । शाहको बुबाको नाम राम नारायण शाह हो। उनका बुबाले २ श्रीमती विवाह गरेका हुन । उनकी पहिलो आमापट्टीका ३ छोरी र १ छोरा छन । कान्छी आमा पट्टिको दुई छोरा छन । एक बालेन्द्र शाह र अर्का कौशल शाह हुन ।

पारिवारिक किचलोका कारण बालेन्द्र शाहका दाइ सञ्जय शाहले आत्माहत्या गरेका थिए । केही समय अगाडि काठमाडौ महानगरपालिकाका मेयर पदका उम्मेदवार केसव स्थापितले उनलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए । बालेन्द्र शाह नाइट क्लबमा जाने गरेको पनि खुलेको छ ।

शाहले दिएको उम्मेदवारीप्रती प्रश्न उठन थालेको छ ।

हामिले यस बारे बालेन शाहासँग कुरा गर्न खोज्दा उनका सहयात्री  हिमेश पन्तले मजाकै मजाकमा उडाए र आफुलाई पनि बालेनको आमाको बारे कुनै पनि कुरा थाहा नभएको बताए।

Shangri-la Development Bank Ltd.
Nepali patro