रेनु दाहालले चुनाव हारे देश दुर्घटनामा पर्छ : प्रचण्ड

चितवन । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी पुत्री रेनु दाहालले भरतपुर महानगरको मेयरमा चुनाव नजिते देश नै दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ ।

नेपाली कांग्रेससँग गठबन्धन गरी छोरी रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउनु भएका प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाकै सामू रेनुले हारे देश दुर्घटनामा पर्ने धम्की दिनुभएको हो । प्रचण्डको यो धम्की प्रधानमन्त्री देउवालाई नभई भरतपुरका नेपाली कांग्रेसका मतदातालाई रहेको हो ।

‘तपाईहरुलाई हसियाँ हथौडामा भोट हाल्न निकै गाह्रो लागेजस्तो छ, हसिया हथौडामा भोट हाल्नु भएन र हारियो भने देश दुर्घटनामा पर्छ, यत्ति कुरा चाँहि मैले भनें,’ भरतपुरमा आज आयोजित गठबन्धनको संयुक्त सभामा बोल्दै प्रचण्डले भन्नुभयो ।रेनुलाई जिताएर पठाएको अवस्थामा भने अहिलेको गठबन्धन २० वर्षसम्म लैजान आफू तयार रहेको प्रचण्डले बताउनु भयो ।

‘यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो । समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०÷१५÷२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ,’ प्रचण्डले भन्नुभयो, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ,’ प्रचण्डको धम्की थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro