नबिल बैंक र अमेरिकाको कृषि विभागबीच सम्झौता

Ghorahi cement

काठमाडौं । नबिल बैंकले अमेरिकाको कृषि विभाग (यूएसडीए) द्वारा सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएसडीएसँग सम्झौता गरेको छ ।

नबिल बैंक यूएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले यूएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । यूएसडीए कार्यक्रमअन्तर्गत सामानहरू आयात गर्न बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतीत पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनुपर्ने छैन । यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतीतपत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

यूएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रमअन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापीरुपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा भएको बैंकले जनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १४८ शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro